News in Nepali

प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु

Lumbinikhabar Online

प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भइरहेको छ ।

सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।

महाअभियोगको विषयमा पार्टीको साझा धारणा बनाउन छलफल हुन लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसबाहेक एमसीसीबारे पनि बैठकमा प्रश्न उठ्ने नेताहरूले बताएका छन् ।
एमाले अध्यक्ष केपी ओली, सुवास नेम्वाङलगायत नेताहरूले महाअभियोगबारे आइतबार नै सरकारको आलोचना गरेका थिए । अध्यक्ष ओलीले सरकारले निर्वाचन नगर्ने बहानाको रुपमा महाअभियोग ल्याएको आरोप लगाएका थिए ।

 

Tags

छुटाउनु भयो कि ?