News in Nepali

आज हुने भनिएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

Lumbinikhabar Online

आज हुने भनिएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सभामुखले बोलाएको उक्त बैठकको कुनै औचित्य नभएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने एमाले निकट एक सांसदले बताए ।

प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाअभियोगलाई सरकारको एकलौटी निर्णय भन्दै त्यसबारे छलफल गर्न एमाले नजान बताइएको छ । सोमबार नै एमाले संसदीय दलको बैठक बानेश्वरमा बस्दैछ ।

सभामुख सापकोटाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका छन् । एमालेले यसअघि पनि सभामुख सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।

एमालेले सभामुख सापकोटा पदबाट हट्नुपर्ने माग गर्दै आएको छ । आफूले पार्टीबाट हटाएका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले संसद् बैठकमा निरन्तर अवरोध गर्दै आएको छ ।

 

 

Tags

छुटाउनु भयो कि ?