नेपाल सरकारले खरिद गरेको झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमित रूपमा सञ्चालनमा आएको छ ।
कुर्था–जयनगर रेल सेवा ड्राई रन अर्थात् यात्रुबिना दैनिक एक पटक नियमित रूपमा सञ्चालन गरिने गरी आइतबारबाट सञ्चालनमा आएको हो ।
नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि मात्रै दैनिक तीन पटक यात्रुसहित संचालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । फागुन १० गतेभित्र उद्घाटन हुने सम्भावना रहेको पनि झाले बताएका छन् ।