News in Nepali

एमसीसीलाई यथाशीघ्र निकास दिनुपर्नेमा काङ्ग्रेस नेता कोइरालाको जोड

Lumbinikhabar Online

कांग्रेस नेता शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी )लाई सम्भव भएसम्म राजनीतिक दलहरुबीच सहमतिबाट, र नभए सार्वभौम संसद्‍मा संसदीय प्रक्रियामार्फत् यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठकमा बोल्दै नेता कोइरालाले ‘यदी एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लैजान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्‍को क्षमतामाथि नै गम्भीर प्रश्न तेर्सिने देख्दैछु,’ उनले भने ।

नेता कोइरालाले एमसीसीबारे अब एउटा अमेरिकी अनुदान परियोजनाको रुपमा मात्रै नरहेको भन्दै यसबारे निकै गम्भीर बन्नुपर्ने परिस्थिति बनेको बताएका छन् । ‘

उनले पार्टीका हरेक संरचनालाई बिना भेदभाव र पूर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रक्रिया बमोजिम पूर्णता दिनुपर्ने बताएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?