News in Nepali

राप्रपा बाट अलग भएका कमल थापाले अब नयाँ पार्टी खोल्ने

Lumbinikhabar Online

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले अब आफुले नयाँ पार्टी खोल्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज शुक्रवार सञ्चारकर्मीसँगको भेटघाटमा उनले एस्तो बताएका हुन् ।

सोहि क्रममा नेता थापाले साथीहरूसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष समेत गरेका छन् । उनले नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने समेत बताएका छन् ।

स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेको भन्दै नेता थापाले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रूपमा हेर्न चाहेको बताए ।

गएकाे मङ्गलवार थापाले राप्रपा पार्टी परित्याग गरेकाे घाेषणा गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?