एन्टिजेन गरी ११ हजार आठ सय ८० जनाकाे नमुना परीक्षण गर्दा एक हजार तीन सय ६९ जनामा सङ्क्रमण देखिएकाे छ भने कोरोना सङ्क्रमणका कारण १२ जनाको ज्यान गएको छ ।
यही अवधिमा दुई हजार दुई सय ३८ जना निको भएका छन् । २२ हजार ६ सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ४६ लाख २५ हजार ६ सय एक मात्रा खोपको प्रयोग भएको मन्त्रालयले जनाएको छ ।
अब नेपालमा २९ हजार चार जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।