News in Nepali

चुनावका लागि बजेटको स्रोत व्यवस्थापनमा चुनौती छ : अर्थमन्त्री शर्मा

Lumbinikhabar Online

अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि बजेट व्यवस्थापनमा चुनौती रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए ।

‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ ।

वार्षिक बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ, तर विभिन्न निकायबाट ५९ अर्ब रुपैयाँ माग भएको छ’ अर्थमन्त्रीले भने, ‘स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो दबाबमा छौं, दातालाई आग्रह गर्नेदेखि राजस्व वृद्धि गरेर जसरी हुन्छ : खर्च जुटाउनुपर्ने बाध्यतामा छौं ।’

 

Tags

छुटाउनु भयो कि ?