News in Nepali

बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका २३ वटा क्यामेरा चोरी तथा तोडफोड

Lumbinikhabar Online

बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका २३ वटा क्यामेरा चोरी तथा तोडफोड भएका छन् । निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना गर्दा एक ठाउँमा झन्डै १५ दिनसम्म क्यामेरा राख्ने गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रवीन कडरियाका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ पर्दछ ।

निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी सिकारीले क्यामेरा चोरी गर्ने गरेको उहाँको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गएकाे मङ्सिर २९ गतेदेखि बर्दिया र बाँकेका निकुञ्जमा बाघ गणना कार्य सुरु गरेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?