News in Nepali

अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंमा संयुक्त रुपमा प्रदर्शन

Lumbinikhabar Online

अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् ।

एमसीसीविरुद्ध उनीहरूले बुधबार देशका विभिन्न स्थानमा संयुक्त विरोध कार्यक्रम गरेको जनाएका छन् । यसै क्रममा बुधबार काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरस्थित संसद्‍ भवनतर्फ उनीहरूले र्‍याली निकालेका थिए । प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले भने कडा सुरक्षा व्यवस्था अपनाएको छ । नयाँ बानेश्वरमा उक्त प्रदर्शनलाई लक्षित गर्दै बुधबार बिहानदेखि नै ठूलो संख्यामा प्रहरी खटाइएको छ । उक्त मोर्चाले यसअघि पनि पटक पटक एमसीसी अनुमोदन गर्न नहुने भन्दै विरोध गर्दैआएको थियो।

 

Tags

छुटाउनु भयो कि ?