गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच आगामी निर्वाचन लक्षित बजेटबारे सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल भएको छ ।
निर्वाचनमा खटिने सुरक्षाकर्मीहरुका लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानको व्यवस्थापनका लागी आवश्यक बजेटबारे कुरा भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि आवस्यक सामान मागेपछि दुईजना मन्त्रीबीच छलफल भएको हो ।
स्रोतका अनुसार गृह मन्त्रालयले बिहीबारसम्म चालू तर्फको समेत बजेट एकीन गरेर अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ ।