बाजुरामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका-२ को एक निजी स्कुलमा पढाउने कञ्चनपुरका भीम ठगुन्ना रहेका छन् । उनले बालिकाको परिवारसहित बस्दै आएको होटलमा खाजा खान पुगेका उनले माघ २० गते राति जबरजस्ती करणी गरेको भन्दै आफन्तले २३ गते प्रहरीकहाँ जाहेरी दिएपछि उनलाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।