राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पार्टी परित्याग गरेको भोलिपल्टै एक अर्का नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । पूर्व कोषाध्यक्ष समेत रहेका उनले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’
राप्रपामा कमल थापा निकट भनेर चिनिएका नेता पौडेलले
पार्टीको विवाद मिलाउन नसकेपछि बसिरहनु उचित नदेखेर राप्रपा छाडेको बताएका छन् ।