काठमाडौंमा कारको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ । धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट घाइते भएका स्थानीय श्रीयन पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो ।
सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिदा घाइते भएका उनलाई उपचारको लागि धापासी स्थित ग्राण्डी अस्पतालमा लगिएको थियो । उपचाररत बालक पाण्डेको राती साढे ९ बजे मृत्यु भएको हो ।
कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।