नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक विषयवस्तुबारे कुराकानी भएको बताइएको छ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन गर्ने/नगर्नेबारे सत्तारूढ गठबन्धनका दलहरूबीच भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसिसी संसदमा टेबल गर्न दबाब दिइरहेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र यो विषयमा एकमत छैन।