नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसी परियोजना संशोधन नभएसम्म संसदमा टेबुल नहुने बताउनुभयो ।
वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने नेता गुरुङले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले गठबन्धनको सहमतिविना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वतः समाप्त हुने उहाँले बताउनुभयो । नेता गुरुङले भन्नुभयो, ‘एमसीसी यही अवस्थामा अनुमोदन हुन सक्दैन । त्यसैले यसलाई संशोधन गर्नुपर्याे, परिमार्जन गर्नुपर्याे, एमसीसी कम्पनीसँग कुराकानी गर्नुपर्याे भन्ने कुरा भइराखेको छ पाँच दलभित्र । कति संशोधन हुन सक्छ, कति परिमार्जित हुन सक्छ, त्यही आधारमा दलहरू बीचमा कति राष्ट्रिय सहमति हुन्छ, हुँदैन भन्ने कुराको आधारमा अगाडि बढ्ने हो । ´
नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाका निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै ती मुद्दाहरू यथावत् रहेकाले स्थानीय तहकाे चुनावमा पनि गठबन्धन कायम राख्नुपर्ने बताउनुभयो ।