नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाइएको छ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् ।
यही माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको स्रोतले जनाएको छ ।