राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
पार्टिको अध्यक्षमा पराजित भएपछि असन्तुष्ट हुँदै आएका थापाले पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।