बजुरामा जङ्गली बँदेलको आक्रमणमा परि एक १५ वर्षीय किशोरको ज्यान गएकाे छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट हिजाे दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला बँदेलको आक्रमणमा परि घाइते भएका उनलाई प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै ज्यान गएकाे प्रहरीले जनाएको छ ।