News in Nepali

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक ५ सय रुपैयाँ पेन्सन दिने

Lumbinikhabar Online

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक ५ सय रुपैयाँ पेन्सन दिने भएको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर पेन्सन कार्यक्रमकाे सुरुवात गर्न लागेको हो ।

चालु आर्थिक वर्ष ०७८/७९ को साउन १ गतेदेखि लागू हुनेगरी  गाउँपालिकाले ५५ वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित किसानलाई पेन्सन दिने जनाएको छ ।

गैर दलितको हकमा ६० वर्ष पूरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। । एक घरबाट एक जनाले मात्र पेन्सन पाउने व्यवस्था गरिएको छ  । पेन्सनका लागि कुनै पनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको हुनुपर्ने छ ।

पेन्सन प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्ने छ ।  पेन्सनका लागि नागरिकताको फोटोकपी, बैंक खाता र चेकको फोटोकपी बुझाउनु पर्ने जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?