News in Nepali

नेपालको हवाई क्षेत्रलाई ईयू को उडान सुरक्षा सूचीबाट हटाउन पर्यटन मन्त्री आलेको आग्रह

Lumbinikhabar Online

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको भेटवार्तामा नेपालको हवाई क्षेत्र युरोपेली सङ्घ(ईयू)को उडान सुरक्षा सूचीबाट हटाउन आग्रह गरेका छन् ।

मन्त्री आलेले भने , ‘नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।’ एस्तै मन्त्री आलेले संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि ईयूसँग नेपालले सहकार्य गर्न चाहेको कुरा व्यक्त गरे ।

एस्तै राजदूत डिप्रेले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उनले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि लागि पनि नेपाललाई आग्रह गरिन‍् । राजदूत डिप्रेले भनिन्, ‘हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरातर्फबाट म सकारात्मक प्रयास गर्छु ।’

 

Tags

छुटाउनु भयो कि ?