News in Nepali

ताप्लेजुङमा बिजुली बनाउने क्रममा पोलबाट खसेर एक कर्मचारीको मृत्यु

Lumbinikhabar Online

ताप्लेजुङमा बिजुली बनाउने क्रममा पोलबाट खसेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहेका छन् । सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा लिम्बू अचानक पोलबाट सडकमा खसेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो ।

प्रहरिका अनुसार उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?