News in Nepali

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि अनेरास्ववियू प्रहरी बिच झडप

Lumbinikhabar Online

एमाले निकट भातृ संगठन अनेरास्ववियू प्रहरी बिच झडप भएको छ । बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि उनिहरु बीच झडप भएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै आएको अनेरास्ववियुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो ।झडपमा परि केही विद्यार्थी नेताहर घाइते समेत भएका छन् ।

घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियू लुम्बिनी प्रदेशका अध्यक्ष सरोज पोखरेलले रातोपाटीलाई बताए । झडपमा सख्त घाइते भएका रोशन घिमिरेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

तर प्रहरिका अनुसार प्रदर्शनमा झडप नभई सामान्य धकेलाधकेल भएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?