News in Nepali

माओवादी केन्द्रले एमसीसीबारे आउँदो केन्द्रीय कमिटी बैठक पछि थप प्रष्ट पार्ने

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) ले अमेरिकी स्वतन्त्र परियोजना एमसीसीबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति गरेको छ ।

आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो २७ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो ।

केन्द्रीय समिति बैठकअघि २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछिमात्रै त्यसबारेमा ठोस निर्णय गर्ने समझदारी बनेको माओवादीका एक नेताले बताए ।

एता प्रधानमन्त्री शेरबहादुर देउवा भने  संसदको यही अधिवेशनमा र सकेसम्म आउँदो २६ गते नै एमसीसी अनुमोदनसम्बन्धी परियोजना संसदमा टेबुल गर्ने पक्षमा छन् ।

Tags

छुटाउनु भयो कि ?