News in Nepali

सदस्य नै उपस्थित नहुदा रोकियो न्याय सेवा आयोगको बैठक

Lumbinikhabar Online

प्रधानन्यायाधीश एवं न्याय सेवा आयोगका अध्यक्ष चोलेन्द्रशमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगका सदस्यहरु उपस्थित नभए पछि उक्त बैठक स्थगित गरिएको हो ।

प्रधानन्यायाधीश तथा न्याय सेवा आयोगका अध्यक्ष चोलेन्द्र शमशेर जबरा मात्र उपस्थित भएको र अन्य सदस्यहरुमा कानुनमन्त्री दिलेन्द्र बडु, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी उपस्थित नभएपछि बैठक बस्न नसकेको हो ।

लोक सेवा आयोगले लिएको जिल्ला न्यायाधीशको परिक्षाको नतिजा सार्वजनिक गर्न आयोगको बैठक डाकिएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?