जुम्लाकाे तातोपानी गाउँपालिकाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेकाहरूलाई खानेकुरा छाेडेर नेपाली सेनाकाे हेलिकप्टर फर्किएको छ ।
कर्णाली प्रदेश सरकाले सुर्खेतबाट पठाएको हेलिकप्टरले हिउँका कारण गाग्रा, ऐडी ओडार र खोटेसल्लामा फसेका नागरिकहरूलाई खानेकुरा छाडेर फर्किएको हाे ।
स्थानीयवासी सुरतबहादुर शाहीसहितकाे टाेली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएकाे थियाे ।
स्रोतका अनुसार हिउँमा फसेकाहरू सुरक्षित रहेकाे र उनीहरूकाे उद्धारका लागि गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भइरहेकाे छ ।
हेलिकप्टरमा लगिएका खानेकुरा उनीहरूले प्राप्त गरेका र भारी हिमपातले भने हेलिकप्टर बस्न नसकेकाे स्रोतले जनाएको छ ।