अत्यधिक हावाहुरीका कारण रौतहटमा इँटाको घर ढल्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बौधीमाई नगरपालिका-१ कि ४५ वर्षीया फुलमती देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसैबीच तीव्र हावाहुरीका कारण मधेस प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । वार्षिकोत्सव समारोहका लागि जनकपुरमा रहेको प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको स्रोतले जनाएको छ ।