बारामा एक वडा सचीव घुस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साह रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा निजलाई पक्राउ गरेको हो ।
आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उक्त घुसबापत्को रकमसहित साहलाई पक्राउ गरेको हो । अहिले सचीव माथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।