नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सभामुख अग्नि प्रसाद साप्कोटाको काम नभएको र पदबाट हटाउनु राम्रो हुने बताएका छन् । उनले यदि नेपाली काङ्ग्रेसले सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने पनि बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै ` एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।´
सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए । उनले एमाले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए ।