पाँचथरमा लेक लागेर ३१ वर्षीय विशाल मगरको ज्यान गएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा पर्ने फालेलुङ गाउँपालिकाको धुपीडाँडामा लेक लागेर उनको ज्यान गएकाे हो ।
भाइ विक्रम मगरसँग आहालमा भन्ने ठाउँमा रहेको चौरी गोठमा जाने क्रममा हिउँको कारण लेक लाग्दा घर फर्कने क्रममा उनको ज्यान गएको प्रहरी ले जनाएको छ ।
।