News in Nepali

दैलेखमा हत्या गरेको कसुरमा दुईजनालाई जन्म कैदको सजाय

Lumbinikhabar Online

दैलेखमा हत्या गरेको कसुरमा दुईजनालाई जन्म कैद हुने भएको छ ।

जिल्लाको नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या अभियोगमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको हो ।

गाउँकै छिमेकीको आगनमा ०७७ कात्तिक १० गते साँझ दशैंको दिन आपसी झगडामा कसुरदारहरुले भूपेन्द्रबहादुर शाहीको टाउकोमा प्रहार गरेको बाँसको भाटाको चोटले कात्तिक ११ गते साँझ ज्यान गएको विषयमा कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित पक्षले उजुरी गरेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?