आज बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटबार्ता भएको छ।
भेटमा स्थानीय तह चुनाव, एमसिसीलगायत विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार स्थानीय चुनावको मिति भने अब बस्ने मन्त्रिपरिषद बैठकबाट तय गरिने प्रधानमन्त्री देउवाको भनाइ थियो । हिजो प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भने जेठ ४ मा स्थानीय तहको चुनाव गर्ने कुरा बताइसकेका छन् ।
आजको वार्तामा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।