स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा विरुद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध उक्त संगठनले उजुरी दिएको हो । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा सङ्घले आराेप लगाएको छ ।
मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधानअनुसार कारबाही गर्न माग गरिएको सङ्घका अध्यक्ष किरण पौडेलले बताउनुभयो ।