प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचनको विषयलाई लिएर छलफल भएको छ ।
आउँदाे जेठ पहिलो हप्ताभित्रै स्थानीय तहकाे चुनाव गर्ने विषयमा छलफल भएको छ ।
आज मङ्गलवार दिउँसाे भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने मोटामोटी सहमति भएको आयोगका एक पदाधिकारीले बताएका छन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आउँदो जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि चुनाव गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ ।