News in Nepali

स्पेनका सेबालोसको रेकर्ड तोड्दै इरानका मोख्तारीले शरीरमा ८५ वटा चम्चा अड्याएर रचे विश्व किर्तिमान

Lumbinikhabar Online

इरानका एक ५० वर्षीय एबोलफाजल मोख्तारीले आफ्नो शरीरमा एकसाथ ८५ वटा चम्चा अड्याएर अनौठो विश्व किर्तिमान कायम गरेका छन् ।

बच्चादेखि नै आफ्नो शरीरमा चम्चा अड्याउने अभ्यास गर्दै आएका मोख्तारीले यस्तो अनौठो किर्तिमानसँगै गिनिज बुकमा नाम लेखाएका हुन् ।

आफुले जुनसुकै चिज पनि आफ्नो शरीर सन्तुलनमा अड्याउन सक्ने उनी बताउँछन्। समतल सतह भएका प्लास्टिक, गिलास, फलफूल, ढुंगा, काठदेखि बच्चासमेत उनले जिउमा टाँसेर अड्याउन सक्दछन् ।

यसअघि शरीरमा सबैभन्दा धेरै चम्चा अड्याउने कार्यको किर्तिमान स्पेनको मार्कोस रुइज सेबालोसको नाममा थियो । उनले जिमा ६४ वटा चम्चा अड्याएका थिए ।

Tags

छुटाउनु भयो कि ?