बर्दियामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको ठाकुरबाबा नगरपालिका—६ का ४१ वर्षीय ममनराम थारु रहेका छन् ।
घरमा कोही नभएको अवस्थामा डरत्रास देखाएर घरभित्रै जबर्जस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरी आवश्यक कारबाही चलाएको प्रहरीले जनाएको छ ।
०७८ साल वैशाख २४ गतेदेखि ती बालिकालाई जर्बजस्ती करणी गर्दै आएको तर गत माघ १० गते बालिकाले पेट दुख्यो भनेपछि स्वास्थ्य परीक्षण गराउँदा उनी गर्भवती पाइएपछि कुरा परिवारले प्रहरीलाई जानकारी दिएको थियो ।
प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी मुद्दा चलाएको जानकारी प्राप्त भएको छ ।