नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएका छन् ।
अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बराल सहितका विद्यार्थीले नेताहरुले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको भन्दै त्यसको विरुद्धमा कालो झण्डा देखाएको बताएका छन् ।
प्रदर्शनकारीहरुका अनुसार मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो ।