News in Nepali

कोरोनाविरुद्धको खोप लगाएका सबै व्यक्तिको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको ताकेता

Lumbinikhabar Online

२४ लाख डोज खोप हराएको भनेर आलोचना भइरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएका सबै व्यक्तिको विवरण उपलब्ध गराउन पालिका र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई ताकेता गरेको छ ।

मन्त्रालयले आज साेमवार सूचना निकालेर आउँदो शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म तथ्याङ्क उपलब्ध गराउन भनेको छ ।

मन्त्रालयले निकालेको सूचनामा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लामा रहेका ७७ वटै स्वास्थ्य कार्यालय र सात सय ५३ वटै पालिकालाई डीएचआईस–२ प्रणालीमा अनिवार्य तथ्याङ्क प्रविष्ट गर्न भनेको छ ।

Tags

छुटाउनु भयो कि ?