News in Nepali

एमसीसी पास नगर्न भन्दै एमाले नेता भिम रावलको सांसदहरुलाई स्मृतिपत्र

Lumbinikhabar Online

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) जस्ताको जस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताएका छन् । यदि यो संसदमा अनुमोदनका लागि पेश भए विपक्षमा मत दिने कुरा व्यक्त गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले प्रतिनिधिसभामा पेश भएपछि मात्र एमसीसीबारे आफूले थाहा पाएको कुरा दाबी गरे । एस्तो राष्ट्र घाती काम कसैले नगर्न आग्रह गर्दै यो परियोजना बारे प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरुलाई स्मृतिपत्र समेत लेखेका छन् ।

सोही क्रममा नेता रावलले भने ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुराम (तत्कालीन प्रधानमन्त्री डा. भट्टराई) ले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो,’ उनले भने, ‘वास्तवमा प्रतिनिधिसभामा पेश भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’

Tags

छुटाउनु भयो कि ?