News in Nepali

गोठालो भत्ता पाउने आसमा २६५ किसानको आवेदन

Lumbinikhabar Online

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन्

पशुसेवा कार्यालयले आवेदनका लागि भेडापालक किसानलाई आमन्त्रण गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता कार्यक्रमका लागि ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ जसमा ५० भन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार ५०० रुपैयाँका दरले वितरण गरिनेछ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ ।

 

Tags

छुटाउनु भयो कि ?