कोभिड-१९ का कारण रोकिएका त्रिभुवन विश्वविद्यालय(त्रिवि) अन्तर्गतका सम्पुर्ण परिक्षाहरु फागुनमा गर्ने तयारी गरेको त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले जनाएको छ ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको कुरा संचार माध्यमलाई जनाएका छन् ।
कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।