News in Nepali

ललितपुर महानगरपालिकाले चारवटा रुटमा सीसीटीभी क्यामेरा जडान गर्ने

Lumbinikhabar Online

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ । महानगरले महानगरीय प्रहरी परिसर जावलाखेलसँग सहकार्य गरेर सीसीटीभी क्यामेरा जडान गर्न लागेको हो ।

सीसीटीभी क्यामेरा जडानका लागि महानगर र प्रहरी परिसर जावलाखेलबीच सोमबार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

महानगरले महानगरभित्रको चारवटा रुटमा दुई करोड लगानीमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको हो । जडानका लागि प्रहरीले महानगरलाई प्राविधिक सहयोग गर्नेछ ।

महानगरपालिकाले बागमती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ ।

 

Tags

छुटाउनु भयो कि ?