मोरङमा कुखुरा फर्ममा बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट गरिएको छ ।
जिल्लाको ग्रामथान गाउँपालिका-१ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ । बुढीगंगामा रहेको फर्मममा पाँच हजार कुखुरामध्ये तीन हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो ।
बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा र पन्छीको आयात निर्यातमा कडाइ गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।