चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
गत माघ ८ देखि १० गतेसम्म चिकित्सा शिक्षा स्नातकोत्तर तहका अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको भएको थियो ।
उक्त परिक्षाको नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ ।
उम्मेद्वारहरुले प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा पुनर्योग गर्नको लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ।