राजस्व छली मुद्दामा जेल परेका उमाशंकर रायभार ७५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि २५ हजार रुपैयाँ धरौटीमा छुट्ने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभारसँग ७५ हजार रुपैयाँ धरौटी माग गर्ने उच्च अदालत पाटनको आदेश बदर गरि २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।