महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति भन्ने मुक्तिनाथ खनाल रहेका छन् ।
शुक्रबार बिदेश बाट स्वदेश फर्किने क्रममा: उनलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयसँग समन्वय गरी पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारमा हुँदा फेसबुकमार्फत् एक महिलासँग चिनजान भएपछि उनले महिलालाई मेसेन्जरमा कुराकानी गरी फकाएर, धम्क्याएर र प्रलोभनमा पारेर दु:ख, हैरानी गरेको र महिलाको नग्न तस्बिर/भिडिओ प्राप्त गरी श्रीमान् तथा अन्य आफन्तजनलाई सार्वजनिक गर्ने भन्दै ब्ल्याकमेल गरेको आरोप उनलाई लागेको छ ।
त्यसअनुसार उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्युरोले मुद्दा दर्ता गरेको थियो। तर उनी फरार सूचीमा थिए।