News in Nepali

डब्ल्यएचओ का क्षेत्रीय निर्देशक माथि कर्मचारीलाई दुर्व्यवहार गरेको र जापानलाई गोप्य तथ्याङ्क चुहाएको आरोप ।

Lumbinikhabar Online

विश्व स्वास्थ्य संगठनका (डब्ल्यएचओ)का क्षेत्रीय निर्देशक ताकेशी कसाईमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको, रंगभेदी भाषा प्रयोग गरेको र जापानलाई खोपसम्बन्धी संवेदनशील तथ्याङ्क चुहाएको आरोप लागेको छ ।

डब्ल्यूएचओले विज्ञप्ति जारी गर्दै ‘आरोपबारे जानकार भएको र यस सम्बन्धमा आवश्यक सबै कदम चालेर अघि बढ्ने’ उल्लेख छ । कसाईले कर्मचारीमाथि कडाइ गरेको तर रंगभेदी भाषा प्रयोग गरेको र जापानलाई खोपसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क चुहाएको आरोपको भने खण्डन गरेको पनि विज्ञप्तिमा भनिएको छ ।

१५ वर्षभन्दा बढी,डब्ल्यूएचओमा काम गरेका उनले जापान सरकारलाई छिमेकी मुलुकलाई प्रदान गरिने कोभिड खोपमार्फत् कुटनीतिक समर्थन प्राप्त गर्न सहज होस् भनेर गोप्य तथ्याङ्क दिएको आरोपसमेत लागेको छ ।

गोप्य स्रोतका अनुसार विगत डेढ वर्षको अवधिमा कसाईको निरंकुश कार्यशैलीका कारण ५५ जना महत्त्वपूर्ण कर्मचारीले जागिर छोडेको र उनीहरूको स्थानमा अझै कुनै व्यक्ति नियुक्त नगरिएको उल्लेख छ ।

तर, कसाईले आफूले कुनै पनि मुलुकका कर्मचारीमाथि रंगभेदी व्यवहार नगरेको र जापानलाई संवेदनशील सूचना नचुहाएको भन्दै आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् ।

 

 

Tags

छुटाउनु भयो कि ?