जोर्डनमा सेना र लागुऔषध तस्करबीच दोहोरो झडप मा परि २७ जनाको मृत्यु भएको छ ।
सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको थियो । सोही क्रममा पक्राउ गर्न सेनाले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको जोर्डनको सुरक्षा निकायले विज्ञप्ति निकालेर जनाएको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । घटनापछि ठूलो मात्रामा लागुऔषध फेला पारेको सेनाकाे दाबी छ ।