तिनै तहको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने विषयमा प्रमुख दलहरू बिच विवाद भइरहेका बेला निर्वाचन आयोगले आगामी निर्वाचनका विषयमा छलफल गर्नका लागि आज साढे ११ बजे कानुन मन्त्रालयलाई बोलाएको छ ।
निर्वाचन आयोग भने स्थानीय तहको निर्वाचन आगामी बैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आए पनि सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले सरकारले मिति तोकेको छैन ।
निर्वाचन सार्न सरकारले संविधानसँग बाझिएका निर्वाचनसँग सम्बन्धी ऐनकानुन संशोधन गर्ने विषयमा कानुनका जानकारहरुसँग परामर्श लिंदै आएको छ ।