News in Nepali

तालेवान द्वारा काबुल बाट बेपत्ता भएका दुई महिला अधिकारकर्मीलाई अपहरण नगरेको प्रष्ट

Lumbinikhabar Online

अफगानिस्तानकाे काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिबानले आफ्नो भनाइ राख्दै आफूले कुनै पनि महिलालाई अपहरण नगरेको प्रष्ट पारेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा तालिबानले नै महिला अधिकारकर्मीलाई बेपत्ता पारेको आराेपको खण्डन गर्दै अफगानिस्तानका सूचना तथा सांस्कृतिक मामिला मन्त्री जबीहुल्लाह मुजाहिदले महिला हननको आरोप आधारहीन भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानका महिला अधिकारकर्मीले यसै हप्ता नर्बेको राजधानी ओस्लोमा तालिबानको राजनीतिक प्रतिनिधिमडलसँग भेटघाट गरि अफगानिस्तानमा महिला सुरक्षा कायम गर्न समेत अपिल गरेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?