News in Nepali

यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालको निर्देशन

Lumbinikhabar Online

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

बिहीबार एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन् ।

उनले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन समेत दिएका छन् ।

Tags

छुटाउनु भयो कि ?